प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । मंगलबार विहान ११ बजे बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

थापाले सामाजिक संजालमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ ।’ यसअघि भारतले नेपालको भूमि मिचेर सडक बनाएपछि गत वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसँग प्रधानमन्त्रीले छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *