USAID

अस्ट्रेलियाविरुद्धको टि-२० सिरिज भारतलाई

  • 2
    Shares

प्रज्जवल थापा । अस्ट्रेलिया भ्रमणमा रहेको भारतले घरेलु टोलीविरुद्ध लगातार दुई खेलमा जित निकाल्दै तीन खेलको टि-२० सिरिज आफ्नो पोल्टामा पारेको छ । आइतबार दिउँसो भएको दोस्रो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।

सिड्नी क्रिकेट ग्राउन्डमा भएको खेलमा १९५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएर लक्ष्य भेट्टायो । भारतलाई जित दिलाउन ओपनर शिखर धवनले अर्धसतक पूरा गर्दा कप्तान विराट कोइली र हार्दिक पाण्डयले बिस्पोटक ब्याटिङ गरे । ओपनर शिखर धवनले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५२ रन जोडे । यस्तै अर्का ओपनर केएल राहुलले २२ बलमा २ चौका र १ छ्क्काको मद्दतमा ३० रन जोडे । कप्तान विराट कोइलीले २४ बलमा २ चौका र २ छक्काको मद्दतमा ४० रन जोडे । अन्तिम ओभरमा २ छक्का प्रहार गर्दै भारतलाई जित दिलाउने क्रममा हार्दिक पाण्डयले २२ बलमा ४२ रन जोडे । यस्तै सेमसन र श्रेयस आएरले १२ रनको योगदान गरे ।

अस्ट्रेलियाको लागि डानियल साम्स, एन्ड्रिउ टाई, मिट्चेल स्विपसन र एडम जाम्पाले एक-एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गर्न उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । घरेलु टोलीको लागि कप्तान वेडले अर्धशतक पूरा गरे । उनले ३२ बलमा १० चौका र १ छक्काको मद्दतमा ५८ रन जोड्दै रनआउट भए । स्टिभ स्मिथले ३८ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४६ रन जोडे । यस्तै म्याक्सवेलले २२, हेन्रिकुएसले २६, स्टोइनिसले १६ रनको योगदान गरे ।

भारतको लागि नतारजनले २ विकेट लिँदा युज्वेन्द्र चहाल र शार्धुल ठाकुरले एक-एक विकेट लिए । जितसँगै भारतले तीन खेलको टि-२० शृङ्खला एक खेल अगावै जितेको छ । दुई टोलीबिच तेस्रो टि-२० खेल मंगलबार हुनेछ । यसअघि ओडिआई सिरिजमा भारत २-१ ले पराजित भएको थियो ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *