थप १०९६ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु, १७५२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४०९८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १७५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २२५८०५ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५९४ पुगेको छ । क्वारेन्टाइनमा ५३६ जना रहेका छन् भने आइसोलेसनमा १३५८२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *