USAID

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गते सम्मलाई स्थगित भएको छ । आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक एक हप्तासम्मलाई स्थगित भएको हो ।

आइतबारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका थिए । तर प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त पत्रलाई बैठकको प्रारम्भमै सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए । त्यस्तै पत्रमा ओलीले आफ्नै पुरानै अडान दोहोर्याएका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राख्दै आफू बैठकमा नआएको बेहोरा पत्रमा उल्लेख गर्नुभएको उनले जानकारी दिए । त्यस्तै आइतबारको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको अर्को प्रस्ताव पेश भएकाले उक्त प्रस्ताव अध्ययनका लागि भन्दै स्थायी कमिटी बैठक मंसिर २८ गते आइतबार दिउँसो १ बजे सम्मलाई स्थगित भएको प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि सरेको उनले जानकारी दिए । नेता भीम रावलले प्रधानमन्त्री ओलीले बैठकमा सबै सदस्यहरुलाई सम्बोधन गरेर पत्र पठाउनुलाई उहाँ भौतिक रुपमा उपस्थित भएको भनेर आफूले बुझेको प्रतिक्रिया दिए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अर्को बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने विश्वास व्यक्त गरे । स्थायी कमिटी बैठकले लचकता अपनाउँदै आगामी बैठकहरुबाट पार्टीले ठोस निर्णय लिने उनले बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *