USAID

नेकपाको स्थायी कमिटी बैठक जारी, बैठकमा प्रधानमन्त्री अनुपस्थित


काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बिना नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ । निर्धारित समय भन्दा आधा घण्टा ढिलो शुरु भएको बैठकमा ओली नआएपछि पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो ।

बैठकमा ओली बाहेक स्थायी कमिटिका ४३ सदस्य सहभागी छन् । स्थायी कमिटी बैठकका लागि अरु सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा पर्खिरहेका बेला प्रधानमन्त्री ओलीले शीतल निवास गएर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए । स्थायी कमिटी बैठकमा दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पेश गर्ने तयारी छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *