सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहीमा दिउँसो एक बजे बस्ने बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन् । बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने अडान राखेका थिए । बहुमत सचिवालय सदस्य भने स्थायी कमिटी बैठक बोलाउनु पर्ने पक्षमा रहेपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *