काडिजसँग बार्सिलोना पराजित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा बार्सिलोना काडिजसँग पराजित भएको छ । शनिबार राती भएको खेलमा काडिजले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा काडिजको जितमा एल्भारो गिमेनेज र एल्भारो नेग्रेडोले एक-एक गोल गरे । खेलको आठौँ मिनेटमा एल्भारो गिमेजेजले गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । ५७ औँ मिनेटमा बार्सिलोनाले एक गोल उपहार पायो । पेड्रो अल्सालाले जोर्डी अल्बाको क्रस क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

तर ६३ औँ मिनेटमा एल्भारो नेग्रेडोले गोल गर्दै काडिजलाई फेरि खेलमा अग्रता दिलाए । उनी एक मिनेट अघि गिमेनेजको स्थानमा मैदान प्रवेश गरेक थिए । पुरै समय खेलमा पकड जमाएको बार्सिलोनाले गोल गर्न नसक्दा हार बेहोर्न बाध्य बन्यो । जितसँगै काडिज १२ खेलमा १८ अङ्क जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना १० खेलमा १४ अङ्क जोड्दै सातौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *