USAID

तीन दिनदेखि हराएका एक पुरुष मृत फेला


मकवानपुर । तीन दिनदेखि हराएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का सीताराम सुवेदी हेटौँडा–८ स्थित सनउड कोलोनीमा मृतावस्थामा भेटिएका छन् । शनिबार फेला परेको शवको सनाखतपछि शव सुवेदीको भएको बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

परिवारका अनुसार ५० वर्षीय सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएका थिए । सञ्चारमाध्यममा मृतावस्थामा फेला परेको फोटोसहित समाचार आएपछि परिवारका सदस्यले मकवानपुर प्रहरीसँग समन्वय गरेका थिए । परिवार सम्पर्कमा आएपछि शवको सनाखत भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् । हाल शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *