रियल म्याड्रिडद्वारा सेभिल्ला पराजित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले सेभिल्लालाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा म्याड्रिडले सेभिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले गोल उपहार पाएको थियो । रोमाञ्चक खेलको ५५ औँ मिनेटमा मेन्डीको क्रममा भिनिसियस जुनियरले हल्का टच गरेपछि सेभिल्लाका गोल किप्पर यस्सिने बोउनाउलाई लाग्दै गोलमा परिणत भएको थियो ।

यस जितले प्रशिक्षक जिदान र रियल म्याड्रिडलाई केही राहात मिलेको छ । यसअघि रियल म्याड्रिड लगातार दुई खेलमा पराजित भएको थियो । जितसँगै रियल म्याड्रिड ११ खेलमा २० अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पराजित सेभिल्ला १० खेलमा १६ अङ्कसहित छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *