नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी, बैठकमा प्रधानमन्त्री पनि सहभागी

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठक सुरु हुनुअघि प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक आजका लागि तय भएको थियो ।

पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीसमेतको उपस्थितिमा छलफल गर्नु आवश्यक भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो ।

आजको बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । बुधबारको सचिवालय बैठकले १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक पनि २१ गते गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *