प्लाइ उद्योगमा आगलागी, तीन लाखकाे क्षति

बनियानी । झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

स्थानीय होमप्रसाद घिमिरे सञ्चालन गरेको सो उद्योगमा आज बिहान आगलागी भएको थियो । आगलागी भएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी, प्रदेश नं १ विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिएको थियो । आगो दमक, भद्रपुर र बिर्तामोडका बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *