- 1Share
झापा । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी एक समूहले जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला बिहीबार अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले जिकिर गरिन् ।
गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता भएको बताएको जनाउँदै उपप्रमुखले बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको आरोप लगाए । ‘‘पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि मैले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएँ’’, उनले भनिन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तत्कालै जानकारी गराइएको उनले बताइन् । नेपाली काँग्रेसका उपसभापति राम कट्टेलले घटना भत्र्सनायोग्य भए पनि कसले गरेको हो भनी आफूहरुले बुझ्ने प्रयास गरिरहेको जानकारी दिए।
- 1Share