सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले वृद्धि

काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुन प्रतितोला एक हजार ६०० रुपैयाँले वृद्धि भई ९२ हजार ६०० रुपैयाँमा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६०० रुपैयाँले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला ९० हजार ५५० रुपैयाँमा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार १५० रुपैयाँमा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । प्रतितोला एक हजार १८५ रुपैयाँमा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २०५ रुपैयाँमा खरीदबिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *