USAID

रोनाल्डोको गोलमा युभेन्टसको सानदार जित

  • 535
    Shares

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगमा युभेन्टसले सानदार जित निकालेको छ । बुधबार राती घरेलु मैदानमा भएको खेलमा इटालियन च्याम्पियन युभेन्टसले ड्यानामो किभलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा र फेड्रिको चिएसाले एक-एक गोल गरे । खेलको २१ औँ मिनेटमा एलेक्स सान्ड्रोको पासमा फेड्रिको चिएसाले गोल गर्दै घरेलु टोली खेलमा अगाडी बढाएका थिए । पहिलो हाफमा एक गोल गरेको युभेन्टसले दोस्रो हाफमा २ गोल गर्यो ।

५७ औँ मिनेटमा अल्भारो मोराटाको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ६६ औँ मिनेटमा फेड्रिको चिएसाको पासमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसलाई ३-० गोलको फराकिलो अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि युभेन्टस विजयी भएको हो ।

जितसँगै युभेन्टस ५ खेलमा १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । बार्सिलोना ५ खेलमा १५ अङ्क जोड्दै शिर्ष स्थानमा छ । समुहचरणको अन्तिम खेलमा बार्सिलोना र युभेन्टस भिड्नेछन् ।


  • 535
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *