USAID

अध्यक्ष ओली अनुपस्थित भएपछि नेकपाको सचिवालय बैठक केहीबेर बसेर स्थगित

  • 1
    Share

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटामार बोलाइएको बैठकमा अध्यक्ष ओली अनुपस्थित भएका हुन् ।

तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि बैठक केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । योसँगै बिहीबारका लागि तय भएको स्थायी कमिटी बैठक प्रभावित भएको छ ।

१८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक २१ गतेका लागि सारिएको उनले जानकारी दिए । यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित छ ।

दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीका बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच विवाद छ ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *