नेकपा सचिवालय बैठक आज पनि

 

काठमाडौं । आन्तरिक बिवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय आज पनि बस्ने भएको छ ।
प्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीको आह्वानलाई बेवास्था गर्दै बैठक आजको लागि पनि बोलाइएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । सो बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुने भएको छ ।

ओलीले केही समय अनौपचारिक छलफल गरेर मात्रै पार्टीका कमिटीहरुका बैठक बस्नु पर्ने बताएका थिए । तर प्रचण्डसहितका नेताहरुले छलफललाई निरन्तरता दिने भन्दै बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *