USAID

रासायनिक हतियार नष्ट गर्न विश्व समुदायलाई राष्ट्रसंघका महासचिवको आग्रह


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । विश्वलाई नै रासायनिक हतियार विहिन बनाउन उनले सवैलाई आग्रह गरेका हुन् । रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उनले यसको प्रयोग कहिल्यै, कहिँ, कुनै पनि बाहनामा वा कुनै पनि अवस्थामा ठिक नभएको बताए ।

रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उलङ्घन हुने गरेको पनि उनले स्मरण गराएका छन् । ‘कुनैपनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही सावित गर्न सकिदैन, हामीले यस्लाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ,’ सन्देशमा उनले लेखेका छन् । उनले रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वभाविक रुपमा लिन नहुनेमा पनि जोड दिएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *