USAID

दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

  • 1
    Share

गण्डकी । गण्डकी प्रदेशअन्तर्गत नवलपरासी(पूर्व) र कास्कीमा दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

नवलपुरको मध्यविन्दु नगरपालिका–९ वसन्तपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको थुम्कीदेवी बोर्डिङ स्कूलको ग १ क २४८३ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका–१३ बस्ने मोटरसाइकलमा सवार २६ वर्षीय सन्तबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना भएसँगै नेपालीसहित सोही स्थान बस्ने मोटरसाइकल चालक मनु विक र तुलबहादुर खाम्चा मगरलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रनाउ राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित ओरालोमा ग ४ प ५६४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टन जाँदा मोटरसाइकल चालक पोखरा–२१ राम्दी बस्ने विजय नेपाली घाइते भएका छन् । नेपालीलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *