आन्दोलन र महाधिवेशन सँगसँगैः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई संगसंगै लैजाने बताएका छन् ।

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा अध्यक्ष थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएका र काङ्ग्रेसको कमजोर र असफल प्रतिपक्षी भुमिकाले थप निराशा पैदा भएको चर्चा गर्दै बैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्न पार्टीलाई बनाउने गरि अघि बढ्न निर्देशन दिए ।

मुलुकमा ब्याप्त भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै थापाले शसक्त र हस्तक्षेपकारी भुमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा जोड दिए ।

हिन्दूराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको र जनताको परिवर्तनको चाहना भएकोले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अघि बढाउने समेत थापाले बताए । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नको निमित्त समय सीमा भित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराए । कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर रायमाझी र भाष्कर भद्रा लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *