USAID

नेपालले भारत र चीन दुबै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छः नेता महत

  • 1
    Share

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा महतले नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने बताएका हुन् ।

नेता महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको बताए । महतले नेपालले भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने उल्लेख गरे । भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको उनको भनाई छ । त्यस्तै, चीनसँग पनि नेपालको सीमा विवाद रहेको उनले बताए ।

महतले भारत र चीनको सम्बन्ध सुधार गर्नपनि नेपालले पनि भूमिका खेल्न सक्ने तर्क गरे । उनले भारत र चीनबीच आर्थिक सम्बन्धको लागि नेपालले प्रभावकारी भूमिका खेल्न सक्ने र व्यापार सम्बन्ध बढाउनको लागि नेपाललाई एउटा पुलको रुपमा अघि बढाउन सकिने बताए ।

 


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *