नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गरेको प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले छुट्टाछुट्टै रुपमा राख्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको हो ।

बैठकमा अध्यक्ष ओली र प्रचण्डका साथै अरु नेताहरुले पनि प्रस्तावमाथि धारणा राखेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

दुबै अध्यक्षले पेश गरेको प्रस्तावमाथि औपचारिक रुपमा छलफल शुरु भएको र अनौपचारिक रुपमा छलफल तथा संवाद अगाडि बढाउने बैठकले महशुस गरेको प्रवक्ता श्रेष्ठले बताए । नेताहरुबीच औपचारिक तथा अनौपचारिक छलफल तथा अन्तरक्रिया पनि हुने र बैठकमा हुने छलफलले नै निष्कर्ष निकाल्ने उनले बताए ।

सचिवालय बैठक बुधबार पनि बोलाइएको छ । प्रवक्ता श्रेष्ठले स्थायी कमिटीको बैठक निर्धारित समयमै हुने उल्लेख गरे । नेकपाले मंसिर १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । पार्टीभित्र विवाद भइरहेका बेला अध्यक्षद्वयले छुट्टाछुट्टै बैठक राखेपछि नेकपा विवाद चूलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *