USAID

कोरोना संक्रमणबाट कपिलवस्तुमा थप एक महिलाको मृत्यु


कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । कपिल्वस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ की ५० वर्षीया महिलाको कोभिड १९ संक्रमणबाट मंगलबार बुटवल धागो कारखाना अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल कपिलवस्तुले जनाएको छ ।

उनी मंसिर ६ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएकी थिइन् । उनी लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचार गराइरहेकी अस्पतालले जनाएको छ । योसँगै कपिल्वस्तुमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *