USAID

अव कोरोना परीक्षणको रिर्पोट २० मिनेटमा आउने

  • 4
    Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारबाट कोरोना परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना भाइरस पत्ता लगाउन मन्त्रालयले एन्टिजेन परीक्षण सुरु गर्न लागेको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले काठमाडौं उपत्यकाका कोरोना हटस्पटबाट एन्टिजेन परीक्षण सुरु गरिएको जानकारी दिए ।
उनले काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गर्न लागेको जानकारी दिनुभयो । डा. पाण्डेका अनुसार काठमडौं महानगर क्षेत्रमा कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उहाँले सोमबार पाँचसय जनाको एन्टिजेन परीक्षण गरिएको जानकारी दिँदै एन्टिजेनबाट २०÷२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए । एन्टिजेनमा पपिसिआर जस्तै विधि हो, डा.पाण्डेले भने– घाँटीबाट स्वाब संकलन गरेर परीक्षण गरिन्छ ।
उनले समग्र जनसंख्यामा भने एन्टिजेन परीक्षण नगर्ने बताए । संक्रमितको सम्पर्कमा आएकाहरुलाई स्थानीय निकायको सहयोगमा काठमाडौंका कोरोना हटस्पट क्षेत्रका बासिन्दालाई मात्र एन्टिजेन परीक्षण गर्न लागेको बताए ।
पाण्डेले तीनहजार पाँचसय जनसंख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाको आधारमा थप परिक्षण गरिने जानकारी दिए । विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता हुन्छ । काठमाडौं महानगरपालिकाको ४, ७ र ९ वडामा पहिलो सोमबार र मंसिर १७ मा १४, १६ र १० वडाका जोखिम स्थान तोकी परीक्षण गर्ने तयारी गरिएको छ । यो खवर गोरखापत्र दैनिकमा छापिएको छ ।


  • 4
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *