सुन तोलाको सात सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको मूल्य पुनः ओरालो लागेको छ । सोमबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा पाँच हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाला सुन आज प्रतितोला ९० हजारमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोवार भएको छ । आइतबार प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोवार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला ६५० रुपैयाँले घटेको हो ।

यस्तै चाँदीसमेत आज प्रतितोला ३० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोवार भएको चाँदी आज प्रतितोला एक हजार १२० रुपैयाँमा खरीदबिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *