USAID

चेल्सी र टोटेन्हामको बराबरी


प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा चेल्सी र टिटेन्हामले बराबरी खेलेका छ । आइतबार राती भएको खेलमा चेल्सी र टोटेन्हामले गोलरहित बराबरी खेलेका हुन् ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टोलीले पाएको अवसर गोलमा परिणत गर्न सकेनन् । खेलको नवौँ मिनेटमा ह्युङ मीन सर र ह्यारी केनको उत्कृष्ट तालमेलमा वर्जवाइनले गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो । ११ औँ मिनेटमा मेसन माउन्टको पासमा टिमो वेर्नरले गोल गरेका थिर तर अफसाइड भएको कारण गोलले मान्यता पाएन।

१५ औँ मिनेटमा अरियरको प्रहार चेल्सीका गोलकिप्पर मेन्डीले बचाउ गरे । २८ औँ मिनेटमा माउन्टको प्रहार पोस्ट माथिबाट बाहिरिदा चेल्सीले अग्रता लिने मौका गुमायो । ३० औँ मिनेटमा केनको फ्रिकिक पोस्ट माथिबाट बाहिरियो । ४९ औँ मिनेटमा जेम्सको पासमा अब्राहामले हानेको हेड बल लोरिसले बचाउ गरे । ८१ औँ मिनेटमा माउन्टको प्रहार लोरिसले उत्कृष्ट बचाउ गरे ।

बराबरीका बाबजुद टोटेन्हाम १० खेलमा २१ अङ्क जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । चेल्सी १० खेलमा १९ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *