कोरोना संक्रमणबाट थप ६ जना गैरआवासीय नेपालीको निधन

लण्डन । कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ ।

हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा चार, पोर्चुगलमा एक र वेलायतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, वेलायतमा, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । शनिबार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५८३ गैरआवासीय नेपाली सङ्क्रमित भएकामा हालसम्म ४३ हजार ५७४ कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् । यो कूल सङ्क्रमितमध्येको ९१ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *