USAID

आफ्नै छोरी बलात्कार अभियोगमा सर्लाहीबाट भारतीय नागरिक पक्राउ


सर्लाही । आफ्नै छोरीमाथी पटक–पटक बलात्कार आरोपमा सर्लाही स्थित रिपुर नगरपालिका–६ मा बस्दै आएका एक भारतीय नागरिकलाई प्रहरिले पक्राउ गरेको छ ।

छोरीलाई पटक–पटक बलात्कार गरेको भनी उजुरी परेपछी पक्राउ गरिएको प्रहरीले जनाएको छ । करिब एक महिनाअघि छोरीलाई राति घरबाहिर लगी बलात्कार गरेका उनले गत मंसिर १२ गते राति पुन बलात्कार गरेपछि श्रीमतीले नै ती पुरुषविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।

छोरी बिहान रोइरहेको अवस्थामा आमाले सोधेपछि उनले आफ्नै पिताले आफुमाथी दुष्कर्म गरेको बताएको प्रहरीले जनाएको छ । पीडित बालिका र उनका बुवाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ र आरोपी पुरुषमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत सर्लाहीबाट ५ दिनको अनुमति लिएको प्रहरीले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *