USAID

भारतविरुद्वको एकदिवसीय सिरिज अस्ट्रेलियालाई

  • 180
    Shares

प्रज्जवल थापा । भारतलाई लगातार दोस्रो खेलमा पराजित गर्दै अस्ट्रेलियाले एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) सिरिज जितेको छ । आइतबार सिड्नीमा भएको सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले भारतलाई ५१ रनले पराजित गरेको हो ।

३९० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन मात्र बनाउन सक्यो । भारतको लागि कप्तान विराट कोइली र केएल राहुलले अर्धसतक पूरा गरे । ८.३ ओभरमा दुवै ओपनर गुमाउदा भारतले ६० रन जोडेको थियो । मयङ्क अग्रवाल २८ र शिखर धवन ३० रन बनाएर आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका विराट कोइली र श्रेयस आयरले ९३ रनको साझेदारी गर्दै भारतको इनिङ्स उकासेका थिए । श्रेयस आयर ३६ बलमा ५ चौकाको मद्दतमा ३८ रन बनाएर आउट भए ।

यस्तै कप्तान विराट कोइलीले ८७ बलमा ७ चौका र २ छक्काको मद्दतमा सार्वधिक ८९ रन बनाएर पभिलियन फर्किए । केएल राहुलले ६६ बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ७६ रन बनाएर जाम्पाको बलमा आउट भए । हार्दिक पाण्डयले २८, रविन्द्र जडेजाले २४ र नवदिप सैनीले १० रन बनाएपनि भारतको जितको लागि पर्याप्त भएन ।

अस्ट्रेलियाको लागि प्याट कम्मिङ्सले १० ओभर बलिङ गर्दै ६७ रन खर्चेर ३ विकेट लिए । जोस हस्लेवुड र एडम जाम्पाले २-२ विकेट लिदा मोइसेस हेन्रिक्विस र ग्लेन म्याक्सवेलले एक-एक विकेट लिए ।

यसअघि सिड्नी क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३८९ रन बनाएको थियो । अस्ट्रेलियाको लागि स्टेभिन स्मिथले लगातार दोस्रो खेलमा सतक पूरा गरे । ओपनर डेभिड वार्नर ७७ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ८३ रन जोड्दै रन आउट भए । कप्तान एरोन फिंन्चले ६९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ६० रन जोडे । स्टेभिन स्मिथले ६४ बलमा सार्वधिक १०४ रन बनाए । उनले १४ चौका र २ छक्का प्रहार गरे । यस्तै लबुस्चाग्नेले ७० रन जोड्दा ग्लेन म्याक्सवेलले बिस्पोटक ब्याटिङ गर्दै २९ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६३ रन जोडे ।

भारतको लागि मोहम्मद सामी, जस्प्रित बुम्रा र हार्दिक पाण्डयले एक-एक विकेट लिए । लगातार दोस्रो जितसँगै अस्ट्रेलियाले तीन खेलको ओडिआई सिरिज एक खेल अगावै आफ्नो कब्जामा पारेको छ । दुई टोलीबिच तेस्रो ओडिआई खेल बुधबार मनुका ओभलमा हुनेछ ।


  • 180
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *