USAID

चरामा ठोकिएर हेलिकप्टर दुर्घटना

  • 1
    Share

काठमाडौं । बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेज कम्पनीको हेलिकप्टर दुर्घटनामा परेको छ । चरा ठोकिएर नुवाकोटको वेलकोटमा उक्त हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

बागमती प्रदेशका प्रहरी प्रमुख बसन्त लामाले हेलिकप्टर चरासँग ठोक्किएपछि पाइलटले बेलकोटगढी नगरपालिका वडा नम्बर ६ स्थित झिल्टुङमा आकस्मिक अवतरण गरेको जानकारी दिएका छन् ।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । लामाका अनुसार हेलिकप्टरमा ६ जना सवार रहेकामा एकजना सामान्य घाइते भएका छन् । हेलिकप्टरमा पाइलटसहित बेलकोट नगरपालिका ३ का वडाअध्यक्ष वीरजंग भण्डारी, वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार रहेको खुलेको छ ।

वडाअध्यक्ष भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको लामाको भनाइ छ। प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर ठूलो दुर्घटना हुनबाट बचेको छ ।

 


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *