USAID

बार्सिलोना र ओसासुना भिड्दै


प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज बार्सिलोना र ओसासुना भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी ६ः४५ बजे शुरु हुँदैछ ।

घरेलु मैदान हुने खेल जित्दै बार्सिलोना विजयी पथमा फर्किन चाहन्छ । गत शनिबार भएको खेलमा बार्सिलोना एथ्लेटिको म्याड्रिडसँग १-० गोल अन्तरले पराजित भएको थियो । पछिल्लो ५ खेलमा मात्र एक खेलमा जित निकालेको बार्सिलोना आजको खेल जित्दै अङ्क तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल बार्सिलोना ८ खेलमा ११ अङ्क जोड्दै १४ स्थानमा छ ।

ओसासुनालेपनी पछिल्लो ५ खेलमा खेलमा मात्र एक जित निकाल्न सकेको छ । आजको खेल जितेको खण्डमा ओसासुना अङकतालिकाको शिर्ष १० भित्र प्रवेश गर्नेछ । दुई टोलीबिच भएको अन्तिम १४ भेटमा १० खेल बार्सिलोनाले जित्दा दुई खेल ओसासुनाले जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *