सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले ओरालो लागेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी आज प्रतितोला एक हजार १५० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *