महारेजको ह्याट्रिकमा म्यान्चेस्टर सिटीको फराकिलो जित

  • 1
    Share

प्रज्जवल थापा । अल्जेरियन फर्वार्ड रियाद महरेजको ह्याट्रिकको सहयोगमा म्यान्चेस्टर सिटीले प्रिमियर लिगमा फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा सिटीले बेर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन रिहाद महारेजले ह्याट्रिक पूरा गर्दा बेन्जामिन मेन्डी र फेरान टोरेसले एक-एक गोल गरे । खेलको छैटौँ मिनेटमै केभिन ड्रिबुयनको पासमा रिहाद महारेजले गोल गर्दै सिटीलाई खेलमा अगाडी बढाएका थिए । २२ औँ मिनेटमा केल वाल्करको पासमा महारेजले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

४१ औँ मिनेटमा डि ब्रुयनको पासमा बेन्जामिन मेन्डीले गोल गर्दा सिटी फराकिलो जिततर्फ अगाडी बढेको थियो । पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो । ६६ औँ मिनेटमा गब्रियल जेससको पासमा फेरान टोरेसले गोल गर्दै घरेलु टोलीलाई ४-० गोलको अग्रता दिलाए । ६९ औँ मिनेटमा फिल फोडेनको पासमा रियद महारेजले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे ।

थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा सिटी ५-० गोल अन्तरले विजयी भएको हो । जितसँगै म्यान्चेस्टर सिटी ९ खेलमा १५ अङ्क जोड्दै लिगको नवौँ स्थानमा उक्लिएको छ । पराजित बर्नली ९ खेलमा ५ अङ्क जोड्दै १८ औँ स्थानमा यथावत छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *