लिभरपुललाई ब्रिगटनको चुनौती

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज साविक विजेता लिभरपुललाई ब्रिगटनले चुनौती पेश गर्दै छ । खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरु हुनेछ ।

आजको खेल जित्दै लिभरपुल शिर्ष स्थानमा उक्लिन चाहन्छ । हाल लिभरपुल ९ खेलमा २० अङ्क जोड्दै समान अङ्क जोडेको टोटेन्हामसँग गोल अन्तरको आधारमा पछि पर्दै दोस्रो स्थानमा छ । लिभरपुलले लिगको पछिल्लो खेलमा लेस्चर सिटीमाथी सानदार जित निकालेको थियो । तर च्याम्पियन्स लिगमा घरेलु मैदानमा एटलान्टासँग पराजित भएको थियो । चोट र कोरोना भाइरस संक्रमणको कारण लिभरपुलले पहिलो रोजाईका थुप्रै खेलाडी गुमाएको छ ।

यता ब्रिगटनलेपनि पछिल्लो ५ खेलमा मात्र एक खेल जित्न सकेको छ । पछिल्लो खेलमा एस्टन भिल्लालाई उसैको मैदानमा पराजित गरेको ब्रिगटन आत्मविश्वासी देखिएको छ । ब्रिगटन ९ खेलमा ९ अङ्क जोड्दै १६ औँ स्थानमा छ । दुई टोलीबिच भएको पछिल्लो ८ भेटमा सबै खेल लिभरपुलले आफ्नो पोल्टामा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *