आज रियल म्याड्रिड र डिपोर्टिभो आल्भेस भिड्दै

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिड र डिपोर्टिभो आल्भेस भिड्दै छन् । खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।

एल्फ्रेडो डि स्टेफेनोमा हुने खेल जित्दै म्याड्रिड शिर्ष स्थानमा रहेको रियल सोसिडाडसँग अङ्क दुरि घटाउने प्रयास गर्नेछ । हाल रियल म्याड्रिड ९ खेलमा १७ अङ्क जोड्दै चौथो स्थानमा छ । ला लिगा अन्तर्गत पछिल्लो दुई खेलमा जित निकाल्न नसकेको म्याड्रिड आजको खेल जित्दै विजयी पथमा फर्किन चाहन्छ । नोभेम्बर ९ मा भ्यालेन्सिया विरुद्ध भएको खेलमा लज्जास्पद हार बेहोरेको रियल अर्को खेलमा भिल्लारियलसँग बराबरीमा रोकिएको थियो ।

रियल आजको खेलमापनि नियमित फर्वार्ड करिम बेन्जिमा र कप्तान सेर्जियो रोमसबिना मैदान उत्रिनेछ । दुवै खेलाडी चोटको कारण बाहिरिएका हुन् । यस्तै भखरै चोट निको भएर फर्किएका डिफेन्डर डानी कार्भाहालपनी मसल इन्जुरीको कारण १५ दिन बाहिरिएका छन् । चोटका बाबजुत रियल म्याड्रिड आजको खेल जित्न चाहन्छ ।

यता डिपोर्टिभो आल्भेसलेपनि पछिल्लो ६ खेलमा मात्र एक जित निकाल्न सकेको छ । पछिल्लो ३ खेलमा आल्भेस बार्सिलोना, लेभान्टे र भ्यालेन्सियासँग बराबरी खेलेको थियो । आल्भेस आजको खेलमा रियललाई पराजित गर्दै अङ्क तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । आल्भेस १० खेलमा १० अङ्क जोड्दै १५ औँ स्थानमा छ । दुई टोलीबिच भएको पछिल्लो ८ भेटमा ७ खेलमा म्याड्रिड विजयी हुँदा आल्भेसले १ खेल आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *