रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टरको शिलान्यास

बुटवल । रुपन्देहीको सैनामैनामा नेपालकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिने भएको छ । राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण र राजमार्गको सरसफाईलाई ध्यानमा राखेर सैनामैनामा लुम्बिनी प्रदेश सरकारको लगानीमा नेपालमै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुने भएको हो ।

राजमार्गमा अब्यवस्थित पार्किङ गरेर फोहोर गर्ने कार्यलाई निरुत्साहित गर्न र लामोदुरिका सवारीसाधनका चालकहरुलाई केहिबेर आराम गर्ने ब्यवस्था गरि सवारी दुर्घटना न्युनिकरण गर्न प्रदेश सरकारले रिफ्रेस सेण्टरको स्थापनाको अवधारणा ल्याएको प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ ।

अत्याधुनिक रिफ्रेस सेण्टरको शुक्रबार एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका छन् ।
शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेण्टरले बहउपयोगी काम गर्ने बिश्वास ब्यक्त गरे ।

दुई चरणमा सम्पन्न गर्ने गरि तयार गरिएको आयोजनाको पहिलो चरणको लागत अनुमान ४ करोड ८२ लाख रुपैयाँ रहेको छ । रिफ्रेस सेण्टरमा सवारी पार्कीङ, चार्जिङ सेण्टर, अत्याधुनिक शौचालय, चालक बिश्रामगृह, यात्रु प्रतिक्षालय, चमेना गृह लगायतका सुबिधा रहने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *