प्रज्जवल थापा । अस्ट्रेलियामा भइरहेको पहिलो एकदिवसिय खेल (ओडिआई) मा घरेलु टोलीले भारतलाई ३७५ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
सिड्नी क्रिकेट ग्राउडमा भइरहेको खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्न उत्रिएको थियो । अस्ट्रेलियाले पुरा ५० ओभर खेल्दै ६ विकेटक क्षतिमा ३७४ रन बनाएको हो । घरेलु टोलीको लागि कप्तान एरोन फिन्च र स्टिभ स्मिथले सतक प्रहार गरे । फिंन्चले १२४ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११४ रन जोडे ।
स्टिभ स्मिथले ६६ बलमा १०५ रन जोडे । उनले ११ चौका र ४ छक्का प्रहार गरे । यस्तै डेभिड वार्नरले ७६ बलमा ६ चौकाको मद्दतमा ६९ रन बनाए । ग्लेन म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाउँदा एलेक्स क्यारीले १७, मार्नुस लबुस्छाग्नेले २ रनको योगदान गरे ।
भारतको लागि मोहमद शामीले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिँदा जस्प्रित बुम्रा, नवदिप सैनी र युजवेन्द्र चहालले समान एक-एक विकेट लिए ।
