हालान्डको दुई गोलमा डर्टमण्ड विजयी

प्रज्जवल थापा । युवा खेलाडी एलिङ ब्राउट हालान्डको दुई गोलको सहयोगमा युईएफए च्याम्पियन्स लिगमा डर्टमण्डले क्लब ब्रुगलाई ३-० ले पराजित गरेको छ ।

मंगलबार राति सिंग्नल इडुना पार्कमा भएको खेलमा जर्मन टोलीले खेलको १८ औँ मिनेटमा हालान्डको गोलमा अग्रता लिएको थियो । उनले जोडान सान्चोको पासमा गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा सान्चो आफैले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनाए ।

खेलको ६० औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा डर्टमण्डले खेलमा ३-० गोलको अग्रता लिएको थियो । यस सिजन प्रतियोगितामा हालान्डले ६ गोल गरिसकेका छन् । थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा डर्टमण्ड विजयी भएको हो । यस्तै समुहको अर्को खेलमा लाजियोले जेनिट सेन्ट पिटेरबुर्गलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।

जितसँगै डर्टमण्ड ४ खेलमा ९ अङ्क जोड्दै तालिकाको शिर्ष स्थानमा छ भने लाजियो ४ खेलमा ८ अङ्कको साथ दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *