प्रचण्डको प्रतिवेदन सचिवालयमा गैसकेकाले त्यसमा विधिसम्मत छलफल हुन्छः नेता रायमाझी

  • 2
    Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण पार्टी कुनैपनि हालतमा नफुट्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित साक्षात्कारमा नेता रायमाझीले पार्टीभित्रको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु सामान्य भएको बताएका हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भैसकेकोले त्यसमा छलफल हुने बताए ।

रायमाझीले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता/कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने धारणा राखे ।

रायमाझीले अहिले देखिएको पार्टीभित्रको विवाद र समस्या आफूहरुले कुनैपनि हालतमा समझदारीका साथ हल गर्ने विश्वास व्यक्त गरे । उनले अध्यक्ष दाहालको प्रतिवेदन सचिवालयमा गैसकेकोले त्यसमा विधिसम्मत रुपमा छलफल हुनुपर्ने जिकिर गरे ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *