आईसिसी अवार्डका लागि मनोनयनमा पारस खड्का

प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का आईसिसी अवार्डका लागि मनोनयनमा परेका छन् ।

पारस आईसिसीले सार्वजनिक गरेको ‘आईसिसी पुरुष एसोसियट प्लेयर अफ डि डिकेड’ को मनोनयनमा परेका हुन् । उनीसँगै स्कटल्याण्डका केल कोट्जर, क्यालम म्याकलाउड, रिची बेरिन्टन, पपुवा न्युगिनिका असाद भाला र नेदरल्याण्डसका पिटर कोरेन मनोनयनमा परेका छन् ।

मनोनयमा परेका खेलाडीलाई आईसिसीको वेबसाइटमा गएर भोट गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *