बालिका हत्या प्रकरणः बर्दिबासमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

  • 2
    Shares

बर्दिबास । महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटना लिएर तनाव भएको छ । बर्दिवास नगरपालिका १४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्याको विरोधमा जारी प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । गोली लागेर दुईजना घाइते भएका छन् ।

गोली चलेपछि प्रदर्शन झन् उग्र बनेको छ । महिलाहरुले शव बोकेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले दोषीलाई कडाभन्दा कडा कारवाही माग गरेका छन् । शुभम् बस्तीबाट हराइरहेकी ६ वर्षीया बालिका खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिक ५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ । बालिकाको हत्या आरोपमा पक्राउ परेका साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगो लगाइदिएका थिए ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *