USAID

विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि

  • 3
    Shares

काठमाडौं । बीबीसीले यस वर्षका प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छनोट गरेका एक सय जनामध्ये नेपालकी सपना रोका मगर पनि परेकी छन् । जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो ।

सोमबार राति सार्वजनिक गरिएको सूचीमा शव जलाउने प्राविधिक सपना पनि परेकी हुन् । यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन् । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।

सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।


  • 3
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *