USAID

कप्तान ज्ञानेन्द्रद्वारा गौतमबुद्ध रंगशालाको अवलोकन


प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला अवलोकन गरेका छन् ।

ज्ञानेन्द्रसँगै क्यानका सदस्य छुम्बी लामा, बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान लगायतका पदाधिकारीले भरतपुरमा निर्माणाधिन रंगशालाको अवलोकन गरेका हुन् ।

अहिले रंगशालाको मुख्य मैदानको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ । फाउण्डेशनले अबको डेढ वर्षमा रंगशाला पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *