संसद्को हिउँदे अधिवेशन छिट्टैः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सभामुख सापकोटाले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकार र राजनीतिक दलहरुसँग छलफल भइरहेको बताएका हुन् ।

एक अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आगामी पुस १७ भित्रै अधिवेशन शुरु गर्नुपर्ने व्यवस्था छ । तर त्यसअघि नै संसद बैठक बोलाउन अधिकतम प्रयास भइरहेको सभामुख सापकोटाले जानकारी दिए ।
सभामुख सापकोटाले संसद नचलेका बेला सरकारले ल्याएको अध्यादेशहरु सदनमा छलफल हुने उल्लेख गरे ।

नियमित बैठक बस्नुपर्ने र अधिवेशन लामो समयसम्म चल्ने भएकाले कोरोना नफैलियोस् भनी स्वास्थ्य सुरक्षाका बिभिन्न उपायहरुमा पनि छलफल भइरहेको उनले बताए । संघीय संसद्को वर्षे अर्थात् बजेट अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *