कांग्रेस सांसद पाण्डेद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा स्याङ्जाका मोहन प्रसाद पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कांग्रेसले सूर्यबहादुर केसीको निधनका कारण रिक्त रहेको समानुपातिकतर्फको सांसदमा मोहनबहादुर पाण्डेलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते राति पोखरामा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *