USAID

नेकपाका अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

  • 146
    Shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन् ।

भेटमा उनीहरुबीच चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको अन्तरसम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । त्यसक्रममा राजदूतले अध्यक्ष प्रचण्डलाई चीनका राष्ट्रपति सी जिनपिङको पुस्तक हस्तान्तरण गरेकी थिइन् ।

पछिल्लो समय नेकपा भित्र विवाद बढेपछि चिनियाँ राजदूतको सक्रियता बढेको छ । केही दिनअघि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् ।

 


  • 146
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *