अध्यक्षद्वयको अन्तरविरोधकै कारण पार्टी फुट्दैनः रावल

  • 2
    Shares

धनगढी । सत्तारुढ नेकपाका नेता डा. भीम रावलले पार्टी नफुट्ने बताएका छन् । कैलालीको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै रावलले
अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने बताएका हुन् ।

रावलले सरकार भने परिवर्तन हुन सक्ने बताए । उनले पार्टी कुनै माटोको हाँडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने बताए । उनले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रुपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताए । कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको उनको भनाई थियो ।

उनले भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बाए ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *