थप १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६६९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २,२०,३०८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६९९ जनालाई निको भएको छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १,९९,०२४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ । क्वारेन्टाइनमा ६८६ जना रहेका छन् भने आइसोलेसनमा १९९६३ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *