बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्नेसम्बन्धी अध्यादेश पारित

काठमाडौँ  ।सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्नेसम्बन्धी अध्यादेश आइतबार मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

मन्त्रिपरिषद्को आइतबारको बैठकबाट पारित अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको एक मन्त्रीले जानकारी दिएका छन् । कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्मा पेस गरेको थियो । राष्ट्रपतिबाट आजै उक्त अध्यादेश जारी हुन सक्ने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *