अमेरिकी विदेशमन्त्रीसँग अफगान सरकार र तालिबान वार्ताका संयोजकहरुको भेट

  • 4
    Shares

अफगानिस्तान सरकार र तालिबान विद्रोहीहरुको शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग अमेरिकी विदेशमन्त्रीले भेट गरेका छन् । हाल कतारको दोहामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दोहामा उनीहरुसँग भेट गरेका हुन् । ती दुवै जनासँगको भेटका क्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा पछिल्ला समयमा हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

भेटका क्रममा विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा यस्तो प्रकारको हिंसालाई घटाउन, शान्ति वार्ताको समयमा गरेको प्रतिबद्धता बमोजिम युद्धविरामको अवस्था पालना गर्न आग्रह गरेका छन् । साथै पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानका तर्फबाट शुरु भएको भनिएको वार्ता पनि रोकिएकोले वार्ता अघि बढाउन पनि उनले दुवै तर्फका वार्ता टोलीका संयोजक तथा मध्यस्थकर्ताहरुलाई आग्रह गरेका छन् ।

शनिबार मात्र पनि अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण गरिएको थियो । रकेट आक्रमणमा परेर कैयौँ मानिस मारिएका थिए । २३ वटा रकेट आक्रमण गरेर हिंसात्मक हमला भएको दिन नै अमेरिकी विदेश मन्त्री पोम्पेओ दोहा पुगेका हुन् ।

करिब दुई महिना अघि देखि दोहामा अफगानिस्तानको सरकार र तालिबानको शान्ति वार्ता शुरु भएको भनिएको थियो तर अहिले आएर निकै दिनदेखि वार्ता रोकिएको थियो । यसअघि वार्ता शुरु गर्नका लागि पनि अमेरिकाले सहयोग गरेको थियो ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *