एथ्लेटिकोको अपराजित यात्रा जारी, बार्सिलोना पराजित

  • 55
    Shares

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा एथ्लेटिको म्याड्रिडले अपराजित यात्रालाई निरन्तरता दिएको छ । शनिबार राती भएको खेलमा एथ्लेटिकोले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई १० वर्षपछि पहिलो पटक हराउने क्रममा म्याड्रिडको लागि यान्निक करास्कोले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा एन्जेल कोरेराको पासमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै करास्कोले गोल गरेका थिए ।

बार्सिलोनाले थुप्रै अवसर सिर्जना गरेपनी गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । यस सिजन लिगमा बार्सिलोनाको यो तेस्रो हार हो । पराजित बार्सिलोना ८ खेलमा ११ अङ्क जोड्दै दसौँ स्थानामा छ । लिगमा अपराजित रहेको एथ्लेटिको ८ खेलमा २० अङ्क जोड्दै दोस्रो स्थानामा यथावत छ ।


  • 55
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *